काठमाडौं,३१ चैत।
मधेश प्रदेशसभाको चौथो अधिवेशन शनिवार मध्यरातदेखि अन्त्य भएको छ।
मधेश प्रदेश मन्त्रिपरिषद्को शनिवारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ।