हामीसँग जोडिनुहोस

वैशाखका लागि ३ वटा वाणिज्य बैंकको ब्याजदर घट्यो

1 मिनेट

काठमाडौं,३१ चैत। 

वैशाख महिनाका लागि सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले वैशाख महिनाका लागि पनि ब्याजदर स्थिर राखेका छन् । वैशाखमा औसत ब्याजदर स्थिर छ । चैतमा ५ दशमलव ९८ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा पनि उही विन्दुमा रहेको हो ।

व्यक्तिगत मुद्दतीतर्फ वैशाखमा सबैभन्दा बढी एभरेस्ट बैंकले ६ दशमलव ६१ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम ब्याज नेपाल बैंकको ५ दशमलव १५ प्रतिशत रहेको छ ।

निजी क्षेत्रमा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । छोटो समयमा ब्याजदरमा आउने उतारचढावले लगानीको निर्णय गर्न गाह्रो भएको सरकारबाट गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उल्लेख गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।