हामीसँग जोडिनुहोस

 २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गयाे,१८ हजार ९९१ घरपरिवार प्रभावित

1 मिनेट

काठमाडौं,३१ चैत। 

२०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध कारणबाट ७ जनाको ज्यान गएको छ ।

यस्तै १ वर्षमा पहिरोबाट ४८, बाढीबाट १८ र हिमपहिरोमा परेर ३ जना बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्क छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।