हामीसँग जोडिनुहोस

एमालेको सचिवालय बैठक बस्ने,राजनीतिक घटनाक्रमबारे छलफल हुने

0 मिनेट

काठमाडौँ, १ वैशाख ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

ट्रेण्डिङ