हामीसँग जोडिनुहोस

भक्तपुरको विस्केट जात्राअन्तर्गत आज पूरै लिङ्गो ढालिँदै

1 मिनेट
gofFjif{sf] cfudg;+u} eQmk’/df gf} lbg;Dd tflGqs ljlw cg’;f/ dgfO{g] k|l;4 lj:sf M cyf{t la:s]6 hfqfsf] klxnf] lbg cfh tf}d9Laf6 e}/asf] /y tfGb} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

काठमाडौँ, १ वैशाख ।

भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात विस्केट जात्राको क्रममा हिजो आधा ढालिएको लिङ्गो आज पूरै ढालिने छ ।

चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर बैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ ।

भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेलगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको छ ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पुजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरू गरिने यो जात्रा भक्तपुरबासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।

त्यस्तै भक्तपुरको कुम्हा टोलमा हिजो बिहान हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको विस्काः जात्रा सकिनेछ ।

त्यस्तै काठमाडौको टोखा पनि विस्काः जात्रा चलिरहेको छ । त्यस्तै काठमाडौको साँखुमा बज्रयोगिनी देवीको जात्रा सञ्चालन भइरहेको छ । ८ दिनसम्म मनाइने जात्रा शनिवार शुरू भएको हो । त्यस्तै काठमाण्डौको हलचोकमा आकाश भैरवको १२ वर्षे जात्रा आजदेखि शुरू भएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।