
काठमाडौँ, १ वैशाख ।

नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ ।पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ।
निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बिजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेशनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
Related






