हामीसँग जोडिनुहोस

चालु वर्षको चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

1 मिनेट

काठमाडौं, २ वैशाख।

चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म करिब ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको हो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८५ करोड ६९ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो     ।  उक्त प्रणाली कार्यान्वयनमा ल्याएसँगै आर्थिक वर्षको ९ महिनामा विदेशी लगानी प्रतिविद्धतामा वृद्धि भएको देखिन्छ ।
विभागको तथ्याङ्क अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।