काठमाडौँ,३ वैशाख ।
नेपालले आज आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङको सामना गर्दैछ । खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुने छ ।
प्रतियोगितामा नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एसिया छनोटमा बलियो दाबेदारी दिने तयारीमा छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो
एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।