हामीसँग जोडिनुहोस

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, जनयात्रा र महाधिवेशनबारे छलफल हुने

1 मिनेट

काठमाडौं,४ वैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, बैठक कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्नेछ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीका आगामी कार्यक्रमहरू, यसअघिको बैठकका निर्णयहरूको समीक्षा, ब्लुप्रिन्ट कार्यदलको प्रगति र सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ।

बैठकको मुख्य एजेण्डा मध्ये रास्वपाले सुरु गरेको जनयात्राबारे ठोस निर्णय लिने रहेको छ। चितवनबाट चैत २३ गते सुरु भएको जनयात्रा, पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएपछि अन्योलमा परेको छ। रास्वपाले पहिलो दिन चितवनमा सभा गरे पनि त्यसपछि जनयात्रालाई निरन्तरता दिन सकेको छैन।

ट्रेण्डिङ