हामीसँग जोडिनुहोस

 सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

0 मिनेट

४ वैशाख ,काठमाडौं ।

सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।

आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनकाे भाउ ताेलाकाे एक लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेकाे थियो ।

ट्रेण्डिङ