हामीसँग जोडिनुहोस

चार वटा कम्पनी कालोसूचीमा,कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने

1 मिनेट

४ वैशाख ,काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । तीन वटा कम्पनीलाई डेढ वर्ष र एउटालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमिल उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् ।

यी चार वटा कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिशमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । अन्य तीन वटा कम्पनीलाई भने डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

निर्माणको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरूलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।