हामीसँग जोडिनुहोस

सम्पर्कमा नआएका लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज

1 मिनेट

४ वैशाख ,काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले सम्पर्कमा नआएको भएकाे भन्दै लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज गरेको छ।

मन्त्रालयले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै खारेजीकाे सूचना दिएकाे हाे। पत्रमा भनिएअनुसार गत भदौ ३१ गते जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको बैठकबाट सम्पर्कमा नआएका आठ वटा एम्बुलेन्स खारेजी गरिएको हो।

पत्रमा भनिएकाे छ, ‘मिति २०८१ भदाैं ३१ गतेको पत्र तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको मिति २०८१ भदाैं ३१ गतेको बैठकबाट सम्पर्कमा नआएका ८ वटा एम्बुलेन्स खारेजीका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ बमोजिम सल्लाह–सुझाव प्राप्त भएको विपयमा यस मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय निर्देशक समितिको मिति २०८१ चैत २७ गतेकाे बैठकमा पेस हुँदा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ को उपदफा ९२० बमोजिम तपसिलमा उल्लेखित आठवटा एम्बुलेन्सहरूको सञ्चालन अनुमति खारेज गर्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।