हामीसँग जोडिनुहोस

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

1 मिनेट

४ वैशाख ,काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले दिएको राजीनामा स्वीकार भइनसकेको बताउनुभएको छ । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।