हामीसँग जोडिनुहोस

वैशाख ७ गते राप्रपाले ‘निषेधित क्षेत्र’मा प्रदर्शन गर्ने

1 मिनेट

४ वैशाख ,काठमाडौं ।

राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत  १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो । राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय समेत गरेको लिङ्देनले बताए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।