हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

भोलिसम्मै पानी पर्ने सम्भावना, मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह

1 मिनेट

४ वैशाख ,काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले भोलि (शुक्रबार)सम्म नै देशका विभिन्न भू-भागहरूमा पानीसहित चट्याङ पर्ने जनाएको छ। मौसमविद् बिनु महर्जनले भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।

सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको छ।

भोलिसम्म नै पानी पर्ने देखिएकाले ती स्थानमा  मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसकारण यतिखेर काठमाडौं उपत्यकामा चट्याङसहित पानी परिरहेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।