हामीसँग जोडिनुहोस

संविधानविरोधी गतिविधि स्वीकार्य नभएको : गृहमन्त्री लेखक

1 मिनेट

काठमाण्डाै,५ वैशाख ।

गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभएकाे हाे ।

मन्त्री लेखकले ठूलो सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा सात दशकको अवधिमा सात वटा संविधान बनेका भन्दै उहाँले वर्तमान संविधान लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको बताउनुभयो ।

संविधानभित्र रहेर आलोचना तथा अन्य रचनात्मक गतिविधि गर्न पाइने तर संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न नपाइने उहाँको भनाइ छ । राज्यले प्रदान गर्ने सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा गृहमन्त्री लेखकको जोड छ ।

सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरणसमेत गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गोदामघर हस्तान्तरणसँगै विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत गर्न सहयोग पुग्ने बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।