हामीसँग जोडिनुहोस

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा

1 मिनेट

काठमाडौं,६ वैशाख

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ।

मौसम पूर्वानुभान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत  सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।