हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने

1 मिनेट

काठमाडौं,६ वैशाख।

आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा  अझै  आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २  घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको अध्यक्ष सुवेदीले बताए ।

‘प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो । त्यसपछि राती ११ः३० बजे  सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भयो’, सुवेदीले भनेका छन् ।

हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताएका छन् । उनले सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।