हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

1 मिनेट

काठमाडौं,६ वैशाख।

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

बालबालिकामा कुपोषण अझै पनि ठुलो समस्याका रूपमा छ । बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ ।

जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएसँगै बालबालिकाको स्वास्थ्य पोषण पनि परीक्षण गरिन्छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।

सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

ट्रेण्डिङ