
बुटवल,६ वैशाख ।
वायु प्रदूषण कम गर्न माग गर्दै काठमाडौँमा आज प्रदर्शन भएको छ।
शनिवार काठमाडौँको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाका लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश नीलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायु प्रदूषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।