हामीसँग जोडिनुहोस

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

1 मिनेट

काठमाडौं,७ वैशाख।

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।

पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।

दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो ।

अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ । आजको खेल जिते पञ्जाब शीर्षमा उक्लनेछ भने प्लेअफको सम्भावना पनि बलियो बनाउँदै लाने छ ।

त्यस्तै दोस्रो खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुकी पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

सर्वाधिक ५-५ पटकका उपाधि विजेता यी दुई टोली हाल अंकतालिकामा बटम हाफमा छन् । मुम्बई ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंक जोड्दै १०औं स्थानमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।