
काठमाडौं,७ वैशाख।
नेपाल शिक्षक महासङ्घले जारी राखेको राजधानी केन्द्रित शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि शुरु गर्ने भएको छ ।
बिहान ९ बजेदेखि नै आन्दोलन सुरु भएपछि आइतबार राजधानीको सडकहरु अस्त व्यस्त हुने अवस्था सिर्जना भएको छ । बिहान ९ बजेदेखि सरकारी र गैरसरकारी कर्मचारीहरु ओहोर दोहोर गर्ने भएकाले आन्दोलनका कारण प्रभावित हुने भएको छ ।राप्रपाले पनि आज राजधानीमा प्रदर्शन गर्ने भएकाले त्यसलाई ध्यानमा राख्दै शिक्षक महासंघले आन्दोलनको तालिका पहिले सारेको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरिएको छ ।
अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला-नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।