हामीसँग जोडिनुहोस

औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा एक लाख ७५ हजारको अवलोकन

1 मिनेट

भक्तपुर, ७ बैशाख : नयाँ वर्ष तथा बिस्केट जात्राको अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजना गरेको नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा एक लाख ७५ हजारले अवलोकन गरेका छन् ।

‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ नाराका साथ औद्योगिक शान्ति नेपाल संस्थाले उपभोक्ताको हितमा ध्यान दिदै गत चैत १८ गतेबाट सुरु गरेको ११ दिने महोत्सवमा एक लाख ७५ हजारभन्दा बढीले अवलोकन गरेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको र महोत्सवको आज अन्तिम दिन २५ हजारभन्दा बढील अवलोकन गर्ने अपक्षा राखिएको उहाँले बताउनुभयो ।

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी, मोवाईल तथा ईलेक्ट्रोनिक्स एवं स्थानीय स्थानिय हस्तकला, कृषि उत्पादनलाई सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु राखिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवका संयोजक दीपक थापाले महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, स्थानिय खाना महोत्सवका साथै दैनिक राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरेको बताउनुभयो । राष्ट्रियस्तरका कलाकारहरुको हाँस्य व्यङ्य तथा फेशन ¥याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणको रुपमा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा१५० स्टरमा राखिएको सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो । उहाँले मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु। ५० र रु। ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।