हामीसँग जोडिनुहोस

अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन

1 मिनेट

७ वैशाख, काठमाडौं ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा उत्रिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यमा भएका थिए ।

प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए।

यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ हो: ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन।

प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन् । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको प्रदर्शन हो। यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए।

ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’

राजधानी वासिङ्टन डीसीसहित सबै राज्यहरूमा प्रदर्शनको मुख्य कारण राष्ट्रपति ट्रम्प र व्यवसायी इलन मस्कको आक्रामक नीति हो। इलन मस्कको दक्षता विभागले लगातार सरकारी निकायहरूमा कर्मचारी कटौती गरिरहेको छ।

ट्रेण्डिङ