हामीसँग जोडिनुहोस

 आर्थिक वर्ष ९ महिनामा ६५ प्रतिशतले बढ्यो निर्यात, दुई खर्ब नजिक

1 मिनेट

काठमाडौं,८ वैशाख।

 आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा निर्यात ६५ प्रतिशतले बढेर करिब दुई खर्ब नजिक पुगेको छ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ। गत वर्ष यही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो।

सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको छ। कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ। विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ।

त्यस्तै १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसला निर्यात भएका छन्। यस्तै नौ अर्ब ३० करोड रुपैयाँको गलैँचा र ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।