
काठमाडौं,८ वैशाख।
ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो ।
बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।
पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुमा ललितपुरकी ४५ वर्षीयासविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।