हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने

1 मिनेट

काठमाडौं,८ वैशाख।

आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ। घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो।

मनाङको नार्फु गाउँपालिका-८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको थियो। उनको निधनमा महासंघले शोक सभा गर्न लागेको हो।आन्दोलनको आज २० दिन पुगेको छ।

महासंघले आज शोक मनाउँदै सडकमा नाचगान नगर्न सडकबाटै उर्दी जारी गरेको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षककालई उर्दी जारी गरेका छन्।

यस्तै उनले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि शिक्षकलाई उर्दी जारी गरेका छन्। उनीहरुले बिहान ९ बजेदेखि नै सुरु गरिसकेका छन्।   शिक्षक सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ। माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।