
काठमाडौँ,८ वैशाख ।

औषधी व्यवस्था विभागले पिलपान र एसीटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक औषधी परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त औषधीको सिफारिस, बिक्री तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याचका औषधीहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई सूचनामार्फत विभागले निर्देशन दिइएको छ । उक्त औषधी पेटसम्बन्धी समस्याको उपचार गर्न प्रयोग गरिन्छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






