हामीसँग जोडिनुहोस

पिलपान र एसीटप औषधी बजारबाट फिर्ता लैजान औषधी व्यवस्था विभागको निर्देशन

1 मिनेट

काठमाडौँ,८ वैशाख ।

औषधी व्यवस्था विभागले पिलपान र एसीटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।

विभागका अनुसार ‘पिलपान ४० एमजी’  र  ‘एसीटप ४० एमजी’ नामक औषधी परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त औषधीको सिफारिस, बिक्री तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री रोक्का गरी उक्त ब्याचका औषधीहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई सूचनामार्फत विभागले निर्देशन दिइएको छ । उक्त औषधी पेटसम्बन्धी समस्याको उपचार गर्न प्रयोग गरिन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।