हामीसँग जोडिनुहोस

यूएईका परराष्ट्रमन्त्री दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदै

0 मिनेट

काठमाडौँ, ९ वैशाख ।

संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदैछन्। ​

यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नायन आज साँझ काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनी पाकिस्तान भ्रमण सकेर आज नेपाल आउन लागेका हुन्।  सन् २००६ देखि यूएईको परराष्ट्र सम्हालिरहेका मन्त्री शेख अब्दुल्लाह यूएईको राजपरिवारका उच्च पदस्थ अधिकारीसमेत हुन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।