हामीसँग जोडिनुहोस

१०८ फिट अग्लो बसेको महादेवको मूर्ति निर्माणार्थ महायत्रमा ६० लाख संकलन

2 मिनेट
भक्तपुर, ९ बैशाख : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा धार्मिक पर्यटनको विकास गर्ने र १०८ फिट अग्लो कल्पेश्वर महादेवको बसेको मूर्तिसहितको कल्पेश्वर धाम निर्माणार्थ आयोजना गरिएको शिव पुराण महायज्ञमा आजसम्म बिहानसम्म ६० लाख रुपैया संकलन भएको छ ।
चाँंगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वर धाम निर्माण गर्ने र त्यही विश्वकै अग्लो महादेवको बसेको मूर्ति स्थापना गर्ने संकल्पका साथ बैशाख २ गतेबाट सुरु भएको महायज्ञमा आजसम्म ६० लाख रुपैया संकलन भएको चाँंगुनारायण–८ का वडा अध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीले जानकारी दिनुभयो ।
कलमसीमा रहेको ६० रोपनी क्षेत्रफलमा अग्लो महादेवको वरिपरि १००८ शिवलिङगका साथै बिभिन्न धार्मिक संरचनाहरुको निर्माणका लागि आयोजना गरेको महायज्ञ १३ गतेसम्म सञ्चालन हुनेछ ।
वडा अध्यक्ष एवं महायज्ञ आयोजना समितिका संयोजक खत्रीले भन्नुभयो, ‘आफ्ना पितृको सम्झनामा संकल्प गरेर १००८ शिवलिङग स्थापना गर्न दाताहरुलाई आव्हान गरेका छौँ । एउटा शिव लिङ्गका लागि रु. ३५ हजार दान गरेर स्थापना गर्न किनेछ । अहिलेसम्म ७१ जनाले शिवलिङ्ग स्थापनाका लागि नाम दर्ता गराईसक्नु भएको छ । यो क्रम जारी छ ।’
कल्पेश्वरको १०८ फिट अग्लो महादेवको मूर्ति निर्माणका लागि प्रति फिट रु. तीन लाख दान गर्न सक्ने गरि दाताहरुलाई आव्हान गरेकोमा महायज्ञमा नौ जनाले ९ फिटसम्मको महादेवको मूर्ति निर्माणका लागि दान गरेको र दाताहरु थपिदै गएको उहाँले जानकारी दिनुभयो ।
चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउदै यस क्षेत्रमा धार्मिक पर्यटकको प्रचुर सम्भावनालाई मूर्त रुप दिन महायज्ञ आयोजना गरेको बताउनुभयो । उहाँले विश्वकै उत्कृष्ठ र अग्लो महादेवको मूर्ति स्थापना गरेर विश्वका पर्यटकका लागि आकर्षक पर्यटकीय केन्द्रको रुपमा बिकास गर्ने गरि गुरुयोजना बनाएर महायज्ञ आयोजना गरेको बताउनुभयो ।
सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो बाघ राती कल्पेश्वर महादेव परिसरमा आएर गणेश ढुङ्गासम्म ओहोरदोहोर गर्ने गरेको स्थानीय जेष्ठ नागरिकले बताउदै आएका छन् ।  शिवतान्त्रिक गुरु बुद्दिकुमार खडगीले यस क्षेत्रमा धार्मिक शक्ति रहेकोले कल्पेश्वर महादेवको मुर्ति स्थापना गर्ने परिकल्पना गर्दै गुरुयोजना बनाएर मूर्तिको निर्माण कार्य र अन्य संरचना निर्माण सुरु भइसकेको छ ।
करिब रु. ६ करोड लगानी भइसकेको यस क्षेत्रमा बिभिन्न धार्मिक संरचनाहरु निर्माण भएको र महादेवको बसेको १०८ फिटको मूर्ति निर्माणका लागि करिब रु. २ करोड खर्च हुने भएपछि त्यस मूर्ति निर्माणका लागि महायत्र आयोजना गरिएको हो । महायज्ञमा भक्तजन र दाताहरुको उपस्थिति बाक्लो रहने गरेको छ । कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यु टावरबाट नजिकै,  पर्यटकहरुको चाप रहिरहने बोजिनी ड्याम्प नजिकै रहेको र यहाँबाट काठमाडौ उपत्यका लगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेको छ ।
प्रसिद्द कलमसी क्षेत्रमा चाँगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका वडा नं १ को संगमस्थलको रुपमा रहेको छ ।  यस क्षेत्रमा नाग कुण्ड, गोसाईकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचनाहरु रहेका छन् भने यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मिकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुढेवर महादेव बिराजमान रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।