हामीसँग जोडिनुहोस

घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

1 मिनेट

काठमाडौँ, ९ वैशाख।

अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस मागेका पोखरा महानगरका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत थिए । सोही शाखामा रहेका बेला उनले उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका हुन् । उनी २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए । गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम मागेको पाइएको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।
अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी पाएका छन् ।

सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अब अदालतबाटै प्रक्रिया अघि बढ्ने  आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।