हामीसँग जोडिनुहोस

जम्मू कश्मीरमा आतङ्ककारी आक्रमण : एक नेपालीसहित २६ जनाको ज्यान गयो

1 मिनेट

काठमाडौं,१० वैशाख ।

भारतको जम्मू-काश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ।

विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो। मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन। पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ।

लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ। कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँग मिलनको पक्षमा छन्।

आतंकवादी हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रुर घट्नाको संज्ञा दिदै निन्दा गरेका छन। घट्ना लगत्तै भारतीय गृहमन्त्री अमित शाह कस्मिर पुगेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।