हामीसँग जोडिनुहोस

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

0 मिनेट

काठमाडौं,१० वैशाख ।

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो ।  मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको थियो।

मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको छ।

 

ट्रेण्डिङ