हामीसँग जोडिनुहोस

एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर

1 मिनेट

काठमाडौं,१० वैशाख ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिदिन भन्दै महान्याधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हो ।

सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको सहमति बिनै परराष्ट्र मन्त्रालयले ६ महिना समय थप गर्न सिफारिससहित पत्राचार गरेको हो ।

सर्वोच्चको परमादेशमा नै पूर्वअध्यक्ष शेष घले उच्चस्तरीय समितिका संयोजक रहेका छन् । घले नेतृत्वको १३ सदस्यीय समितिले यही मे महिनाको ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन तोकेर सबै प्रक्रिया अघि बढाइसकेको अवस्थामा परराष्ट्रले २०८२ कात्तिक ४ पछि एकताको महाधिवेशन गर्ने गरी ६ महिना समय थप गर्न पत्राचार गरेको हो ।

पत्रमा भनिएको छ, ‘….आदेश बमोजिम स्थापित ‘उच्च स्तरीय समिति’ले समितिको प्रथम बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नु र उक्त कार्यमा यस मन्त्रालयले समन्वय गर्न भन्ने समेत ब्यहोराको निर्देशनात्मक आदेश जारी भएको छ । सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम उच्चस्तरीय समितिको बैठक प्रथम पटक बसेको ६ महिना भित्र एकताको महाधिवेशन गर्नुपर्ने अवधिलाई बढाई मिति २०८२।०७।०४ पछि निर्वाचन गर्ने गरी थप ६ महिना थपिपाउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम १३४ (१) बमोजिम तयार गरिएको निवेदनको सक्कल र नक्कल १–१ प्रति यसैसाथ संलग्न गरी पठाइएको छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘उक्त निवेदनको सक्कल प्रति सम्मानित सर्वोच्च अदालतमा दर्ता गराई मन्त्रालयको तर्फबाट प्रतिरक्षा समेत गरी दिनुहुन मिति २०८२।०१।०५ को निर्णयानुसार (मा. मन्त्रीस्तर) अनुरोध छ ।’

केसी नेतृत्वको एनआरएनएले विदेशमा रहेका शाखा (एनसीसी)हरूको अधिवेशन नभएको र समितिको तोकेको मे महिनामा एकता महाधिवेशन सम्भव नभएकाले मिति सार्न आग्रह गरिरहेको बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।