
काठमाडौं ,१० वैशाख ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन्।
सिंहदबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितबारे छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए।
उनले भारत र नेपालबीच शहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिए।
भेटमा भारतले पछिल्लो समय शहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्नसक्ने कुराका बारेमा छलफल भएको बताए। शहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतबारे पनि छलफल भएको बताए।
नेपाल र भारतबीच शहरी विकासका अनुभव आदानप्रदान गर्न र सहायताको लागि एमओयू तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताए।
Related







