हामीसँग जोडिनुहोस

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने,पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने

1 मिनेट

काठमाडौं,११ वैशाख।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले बताए । उनले भने, ‘आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भावी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ ।’

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।