हामीसँग जोडिनुहोस

चाँगुनारायण अस्पतालमा सेवा बिस्तार, थाईराईडदेखि शरीरमा हुने बिभिन्न भिटामिनको परीक्षण सुरु

कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण

2 मिनेट

भक्तपुर, ११ बैशाख : स्थानीयस्तरमै आफ्‌ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रबिधि मैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाईराईडदेखि शरीरमा हुने बिभिन्न भिटामिनको कमिको परीक्षण सुरु गरेको छ ।

शहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनकोबारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नु पर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौंका अस्पतालसम्म नै धाउनु पर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रम अन्तर्गत १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेशिन हस्तान्तरण गरेपछि चाँगनारायण नगरअस्पतालले यो सेवा बिस्तार गरेको हो ।

कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेशिन बुधबार हस्तान्तरण गरेसंगै चाँगुनारायण अस्पतालले आफ्‌नो नगर अस्पतालमा यो सेवा बिस्तार गरेको हो ।

कागेश्वरीका नगर प्रमुख कार्कीले चाँगुनारायणका नगरवासीलाई गुणस्तरीय सेवा विस्तारका लागि आफ्‌नो नगरपालिकाले पनि प्रबिधि हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तरनगर सम्बन्धलाई घनिष्ट र मजबुद बनाउने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले चाँगनारायण नगर अस्पतालाई थप प्रबिधि मैत्री बनाउन कागेश्वरी मनोहराको मेशिन सहयोगले तत्कालै सेवा बिस्तार गर्न सहज भएको बताउदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताउनुभयो ।

दुई स्थानीय सरकारकाबीचको मजबुद सम्बन्धले एक आपसमा सहयाृगको भावना बढाएको बताउदै चाँगुनारायणवासीलाई नगरपालिकाले निःशुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसुतिदेखि अधिकांश सेवाहरु आफ्‌नै अस्पतालमा बिस्तार गरेको र अस्पताल आउन नसक्ने विरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरेको बताउनुभयो ।

उहाँले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउने पर्ने अबस्था नरहेको बताउदै चाँगुनारायण अस्पताललाई सुबिधा सम्पन्न र प्रबिधि मैत्री बनाउदै लगेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।