हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

नेकपा एमालेले आज एक लाख युवा भृकुटीमण्डपमा उतार्ने

1 मिनेट

काठमाडौं,११ वैशाख।

सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) काठमाडौंमा ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।लोकतन्त्र दिवसको अवसर पारेर दिउँसो १ बजेबाट भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवालाई उतार्ने एमालेले तयारी गरेको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकी उपप्रमुख सुनीता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी शेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाको आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।

आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट एक लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।