हामीसँग जोडिनुहोस

स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट अधिवेशनबारे छलफल अघि बढाउने रास्वपाको निर्णय

0 मिनेट

काठमाडौं,११ वैशाख।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को बजेट अधिवेशनको छलफल पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले डा. वाग्लेको नेतृत्वमा छलफल गरेर बजेट अधिवेशनमा बहस गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यस्तै, विद्यालय शिक्षा विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

ट्रेण्डिङ