हामीसँग जोडिनुहोस

वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा

1 मिनेट

काठमाडौं,१२ वैशाख ।

आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए ।

त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ ।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् ।

भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्  ।

भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो ।

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको विवरणअनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार एक सय ८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार दुई सय ६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् ।

पहिलो किस्ता प्राप्त गर्नेमध्ये ९२ प्रतिशतले दोस्रो र दोस्रो किस्ता प्राप्त गर्ने मध्ये ८९ प्रतिशतले तेस्रो किस्ता पाएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।