
काठमाडौं,१२ वैशाख ।

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि सुरु हुँदैछ ।
संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ। यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेश गर्ने प्रतिबद्धता जनाएको छ।
शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो।
विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन्। यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।
दलहरूले पनि बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे आ–आफ्नो तयारी गरेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन दबाब दिने निर्णय पनि गरेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसद्मा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्मा पार्टीको तर्फबाट धारणा राख्नने कार्यसूची छ।
प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन्। माओवादीको तर्फबाट कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन। रास्वपाले संसद बैठकमा डीपी आर्यालले बोल्ने तय गरिसकेको छ।
यो बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






