हामीसँग जोडिनुहोस

आजदेखि बजेट अधिवेशन सुरु हुँदै,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

1 मिनेट

काठमाडौं,१२ वैशाख ।

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि सुरु हुँदैछ ।

संसद्‍‍को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ। यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेश गर्ने प्रतिबद्धता जनाएको छ।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो।

विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन्। यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।

दलहरूले पनि बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे आ–आफ्नो तयारी गरेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन दबाब दिने निर्णय पनि गरेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसद्‌मा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्‌मा पार्टीको तर्फबाट धारणा राख्नने कार्यसूची छ।

प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन्। माओवादीको तर्फबाट कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन। रास्वपाले संसद बैठकमा डीपी आर्यालले बोल्ने तय गरिसकेको छ।

यो बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।