हामीसँग जोडिनुहोस

तराई–मधेशमा आज पनि तातो हावा चल्ने

1 मिनेट

काठमाडौं,१२ वैशाख ।

तराई–मधेशका जिल्लामा आज पनि गर्मी अत्यधिक हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सबैजसो प्रदेशको तराई–मधेश क्षेत्रमा उच्च गर्मी हुने सम्भावना रहेकोमा लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४० डिग्री नाघेको थियो ।

यस्तै आज काठमाण्डौ उपत्यकामा पनि गर्मी बढ्ने सम्भावना छ । हिजो काठमाण्डौमा यो बर्षको सबैभन्दा बढी अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको मौसमविद् पुडासैनीले बताउनुभयो ।

त्यस्तै दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।