हामीसँग जोडिनुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाए

1 मिनेट

काठमाडौं,१२ वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन्।

उनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन्। ‘शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्।

हिजोमात्रै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन आदेश दिएको थियो ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक तीन सातादेखि काठमाडौंमा आन्दोलनरत छन्।

यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारलाई महासंघलाई वार्तामा डाकेको थियो। दुवै पटक शिक्षक महासंघ वार्तामा गएको थिएन। महासंघको अगुवाइमा देशभरका शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित हुनुपर्ने माग शिक्षकहरूको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।