हामीसँग जोडिनुहोस

नेपाल सुपर लिग फुटबलको उपाधिका लागि आज ललितपुर र पोखरा खेल्दै

1 मिनेट

काठमाण्डौ,१३ वैशाख ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन् ।

फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।

ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।

पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो । काठमाण्डौ रेजर्ससँग समान ८ अङ्क भए पनि गोलअन्तरमा पोखरा अघि रह्यो । पोखराले एलिमिनेटरमा चितवन एफसीलाई ३ गोलले हराएको थियो । दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढीलाई एक गोलले पराजित गरी पोखरा फाइनल पुगेको हो ।

तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले हिजो पत्रकार सम्मेलन गरी विजेताले ८० लाख रुपैयाँ पाउने जानकारी दिएको हो ।

यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।