हामीसँग जोडिनुहोस

संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

1 मिनेट

काठमाण्डौ,१३ वैशाख।

प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो । देशभन्दा ठूलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअघि आजै लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताउनुभएको छ । अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।