हामीसँग जोडिनुहोस

राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो : अध्यक्ष प्रचण्ड

1 मिनेट
cWoIf bfxfn–;Daf]wg lrtjg, ( c;f]hM g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk’/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/M gf/fo0f clwsf/L÷/f;;

काठमाण्डौ,१३ वैशाख।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्ष र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन्।

प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलव्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने  बताए।

आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताए।

पृथक प्रसङ्गमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए। पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले  विचार र नेतृत्वका कारण जनताले  माओवादीलाई रुचाएका बताए।

पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्यतथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए।

सेण्टरका पूर्वअध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर सङ्गठन अघि बढ्नुपर्ने सुझाउ दिए। नवनिर्वाचित अध्यक्ष कमल गिरीले जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चारमाध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।