हामीसँग जोडिनुहोस

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजे सम्मका लागि स्थगित

1 मिनेट

काठमाडौँ, १४ वैशाख।

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखे ।

त्यस्तै बैठकमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिले आज सदनमा प्रतिवेदन प्रस्तुत गरे । अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८१’ पेस गरे ।

त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन् ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक २०८१, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गरे ।

त्यस्तै बैठकले पूर्व राज्यमन्त्री तिर्थराम डङ्गोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्‍यो ।सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

उनको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।