
१५ वैशाख ,काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आह्वान गरेका छन् । विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा पुगेका खनालले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले एक महिनासम्म पनि सरकारले शिक्षकका माग नसुनी सरकार तानाशाही तरिकाले दमनको बाटोमा लागेको बताए ।
शिक्षकका माग नसुन्नु सरकारको अकमर्णयता र जनविरोधी चरित्र रहेको बताउँदै त्यसको विरोध गरे । शिक्षक आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउँदा सडकमा पुगेका नेकपा एसका अध्यक्षसहितका नेताहरूलाई शिक्षकहरू फर्काएका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले देशको शिक्षा व्यवस्थामा अहिले पनि २०२८ सालको ऐन लागू भइरहेको बताए ।