
१५ वैशाख, काठमाडौं ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको छ ।
किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेको थियो तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए।
“रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,” क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।