हामीसँग जोडिनुहोस

आज दुई संसदीय समितिको बैठक बस्दै

0 मिनेट

काठमाडौँ,१७ वैशाख।

आज दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ ।

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ ।

ट्रेण्डिङ